Sunday 10 June 2012


पृथ्वीको छायाँ (कविता) — राशि पाण्डे

आकाश रातो हुन लगेको
आकाशमा आगो लागेको
यो सूर्योदय वा सूर्यास्तको लाली होइन
नवविवाहिताको सिउँदोमा
घोप्टाइएको सिँदुर पनि होइन
वसन्तपूर्णेको उल्लासपूर्ण
रङ्गको खेल पनि होइन
तर किन ब्रम्हमाण्ड रातो भै दिएको ?
आकाशभरि रगत फैलिएको ?
होइन, आगो लागेको आकाश होइन यो
आकाशमा आगो लागेको पनि छैन
आकाशमा रगत फैलिएको पनि छैन
यो केवल आकाश ग्रहण हो
पृथ्वीको छायाँ आकाशमा परेको
रगतले रङ्गिएको पृथ्वी
आकाशमा देखिएको
रक्ताम्मे पृथ्वी आकाशमा
प्रतिबिम्बित भएको
 

2 comments:

  1. Hello sir,

    I am Gunjan Dallakoti working in a DFID funded Nepal market development program for the development of rural market in Nepal. I am currently working in the dairy sub-sectors I found information you have put in your blog has been quite useful for me. Can I have your contact detail Email ID and Contact number please

    regards,
    Gunjan

    ReplyDelete
    Replies
    1. thanks gunjanjee,
      i will try my best to provide help/support to you in my field. you can contact me at or rameshwarsinghpande@gmail.com. see you then.

      Delete