Saturday 15 February 2020

पशु आहारा सुरक्षा, रामेश्वर सिंह पाण्डे, गोरखापत्र माघ ११, २०७६ शनिबार


पशु आहारा सुरक्षा
रामेश्वर सिंह पाण्डे

https://gorkhapatraonline.com/opinion/2020-01-25-7616; गोरखापत्र माघ ११, २०७६ शनिबार

परंपरागत तरिकाले दुईचार वटा सानाठूला पशुपन्छीपालन गरेर जीवन निर्वाह गर्ने नेपाली कृषकहरू हाल व्यावसायिक पशुपन्छीपालन तर्फ आकर्षित हुँदै गएका छन् र हाल पशुपन्छी जन्य पदार्थको घरेलु उत्पादन र पशुपन्छीहरूको उत्पादकत्व पनि बढिरहेकोले पशुपन्छीजन्य उत्पादनमा देश आत्मनिर्भरतातिर उन्मुख बन्दै गएको छ । तर, पशुआहाराको रूपमा प्रयोग हुने घाँसस्याउला, दाना तथा अन्य पोषकपदार्थको आवश्यकता अनुसार आपुत्र्ती हुन नसकिएकोले पशुपक्षीपालन व्यवयायबाट आशातित लाभ लिन सकिएको छैन ।
गाउँघर तिर पशुहरूलाई चराएर तथा मानव भोजनमा प्रयोग नहुने कृषिजन्य उपपदार्थ जस्तै पराल, ढुटो, चोकर, पीना आदि खान दिएर पालिन्छ । यस्तो अवस्थामा पशुहरूले आवश्यक पोषण पाइरहेका हुँदैनन् । जसले गर्दा नेपालमा पालिने अधिकांश पशुपन्छीहरू अर्धभुकमरीको अवस्थामा छन् र तिनीहरूबाट क्षमता अनसारको उत्पादन लिन सकिएको छैन । उदाहरणका लागि हामीले पालिआएका गाईहरूको औसत दूध उत्पादन प्रति वर्ष÷ प्रति गाईको ६४६ लिटर भन्दा कम रहेको छ भनें विकसित देशहरूमा एउटा औसत गाईले वर्षमा ३००० लिटर दूध÷वर्ष÷गाई दिन्छन् । नेपालमा औसत दूध उत्पादन कम हुनुका मुख्य कारणहरूमा असल, पोषणयुक्त आहाराको कमी तथा कम दूध उत्पादन क्षमता भएका पशुहरूले गर्दा हो ।
हाल नेपालमा गाईगोरु ६४ लाख, भैसीराँगा ३१ लख, खसीबाख्रा १करोड १२ लाख,  भेडा ६ लाख बँगुर १३ लाख रहेको अनुमान छ ।  जसबाट २० लाख, ५ हजार मेटन दुध, ३ लाख ५३ हजार टन मासु उत्पादन हुने गर्दछ ।
 तर यी पशुहरूा लागि प्रयाप्त मात्रामा पोषिलो आहारा उपलब्ध छैन । हाल नेपालमा पशु आहाको पमा कृषिजन्य उपपदार्थ जस्तै पराल, मकैको ठोंड, नल तथा अन्नजन्य उपपदार्थ ढुटो, चोकर, पीना (दाना), प्राकृतिक घाँस, स्याउला, चरिचरन, खेती गरिने घाँस गरि जम्मा २ करोड ४५ लाख मेटन सुखा आहारा उपलब्ध छ तर विभिन्न पशुहरूा लागि वर्षेनी  २करोड ७६ लाख मेटन सुखा आहारा चाहिन्छ । यसरी मागको तुलनामा पशुआहाराको आपुत्र्ती करिब १३ प्रतिशतले कम रहेको देखिन्छ । तर उपलब्ध पशु आहाराको ७३% भाग पराल, गहँुको छ्वाली, मकैको ढोंड, नल आदिको रहेकोले पोषिलो आहारको उपलब्धता अती न्युनमात्रामा रहेको पाइन्छ । पशुआहाराको माग तथा आपुत्र्तीका लागि परालजन्य आहारा पनि समावेस गरिएकोले कमिको तुलनात्मक प्रतिशत कम देखिएको हो । मागको तुलनामा परालजन्य आहाराको उत्पादन ४७%ले बढी देखिन्छ तर दाना र हरियो घाँसको उत्पादन मागको तुलनामा क्रमशः  १९% र २२५%ले कम रहेको छ । यसरी पशुआहाराको रूपमा पोषणविहिन पराल आदिको आपुत्र्ती बढी र हरियो घाँस र दानाको उत्पादन कम भएकोले धेरैजसो पशुहरूकुपोषणले ग्रस्त तथा अर्धभुकमरीको अवस्थामा रहेका छन्  । यसरी पशु पोषणको स्थिति निकै भयावह रहेको पाइन्छ ।
मानिसले जस्तै पशुपन्छीहरूको पनि उचित पोषण तथा आहारामा सरल पहुँच तथा उपलब्धताको प्रत्याभूत हुनुपर्दछ । यसरी पशुपन्छी आहारा सुरक्षा (ँयममभच क्भअगचष्तथ) भन्नाले “सबै पशुपन्छीहरूको उत्पादन र उत्पादकत्व कायम राख्नका लागि हरबखत पोषणयुक्त उचित पशुआहाराको उपलब्धता र पहुँच हुने अवस्थालाई पशु आहारा सुरक्षा” भन्न सकिन्छ” ।
पशु आहारा सुरक्षा नेपालका लागि नयाँ अवधारणा हो । “अजिङ्गरको आहारा दैव” ले पु¥याउँछ भन्ने मान्यता रहेको हाम्रो परिवेषमा बस्तुभाउहरू चरीचरन तथा पराल आदिको भरमा बाँच्छन् र उत्पादन दिन्छन् भन्ने सोंचाइ रहेको पाइन्छ । तर हालै पशुपन्छीपालनले व्यावसायिक रूप लिएपछि बस्तुभाउलाई पनि पोषिलो तथा उचित आहारापानीको आवश्यकता पर्छ भन्ने मान्यताको विकास हुँदै गएको छ ।
नेपालको पारिवारिक आयस्रोत र रहनसहनमा विकास भएसँगै पशुजन्य पदार्थको माग पनि बढिरहेको छ । यसका लागि विदेशी जातका बढी उत्पादनशील पशुपन्छिहरूपालन पनि लोकप्रिय बन्दै गएको छ । यी बढी उत्पादन क्षमताका पशुपन्छिहरूलाई उचित तथा सन्तुलित आहाराको व्यवस्थापन गर्नु जरुरी हुन्छ । तर नेपालमा पोषिलो उन्नत जातका घाँसखेती तथा सन्तुलित दानाको विकास तथा विस्तार प्रारम्भिक अवस्थामा रहेकोले सबै पशुपन्छीहरूले उचित पोषणयुक्त आहारा उपलब्ध हुन सकिरहेको छैन । मानिसहरूको खाद्य सुरक्षाको प्रत्याभुती सरकारबाट भए झैं, पशङ्गपन्छीहरूका लागि पनि पशु आहारा सुरक्षाको सुनिश्चितता हुनु आवश्यक छ । नेपालमा पशुपन्छीको क्षेत्रमा विभिन्न नीति, नियम तथा कार्यक्रमहरू बनेको भएतापनि पशु आहारा सुरक्षाका लागि कुनै खास नीति तथा कार्यक्रम बन्न सकेको छैन ।
पशुपन्छी पालनको विकास, प्रवर्धन तथा उत्पादन र उत्पादकत्वको दीगोपनको लागि पशुआहारा सुरक्षा अति आवश्यक पक्ष हो । विशेषतः पशु आहारा तथा दानाको बढ्दो मूल्यले गर्दा पशुपन्छीजन्य उत्पादनको लागत बढिरहेको छ जसले गर्दा बजारप्रतिस्पर्धी पशुपन्छीजन्य उत्पादन कायम राख्नु नेपाली व्यवसायीहरूका लागि एक ठूलो चुनौती बनेको छ । 
हालको परिपेक्षमा मागको तुलनामा पशुपन्छीको पोषक आहाराको उपलब्धतामा निक्कै कमरहेको छ । यसैले हालको पशुपन्छिहरूको उत्पादकत्व कायम राख्न र बढदो पशुपन्छीजन्य पदार्थको माग पुरा गर्न सर्बप्रथम सबै पशुपन्छीहरूका लागि पोषिलो आहाराको सुनिश्चितता हुनु पर्दछ । यसका लागि पशु आहाराका हालका उपलब्ध स्रोतसाधनको उत्पादकत्व वृद्धि गर्नु, हाल प्रयोगमा नआएका स्रोतको दोहन÷उपयोग, घाँसखेतीको विस्तार वा आयातित आहाराबाट पोषणयुक्त आहाराको माग पुरा गर्नु पर्ने हुन्छ ।
पशुआहारा सुरक्षाको मुख्य उद्देश्य पशुपन्छीहरूबाट अधिकतम् लाभलिन पशुपन्छी आहाराको उत्पादन तथा उपल्धताको सुनिश्चितता गरी कम लागतमा पशुपन्छीको उत्पादकत्वलाई कायम राख्नुरहेको हो ।
नेपालका प्रमुख आहाराका स्रोतहरूमा बालीजन्य उपपदार्थ (पराल, ढोंड, नल, आदि), अन्नजन्य उपपदार्थ (ढुटो, चोकर, पीना आदि), प्राकृतिक घाँसपात स्याउला, चरिचरन, खेती गरिने घाँसबालीहरू तथा प्राणीजन्य पदार्थ हुन् । पराल, नल, ढोंडमा पोषकतत्व नगन्यमात्रामा हुने भएकोले यिनीहरूले पशुहरूको पेट भर्ने काम मात्र गर्दछन् । प्राकृतिक घाँस, स्याउलाहरू पशु आहारका राम्रा स्रोत हुन् तर धेरैजसो यस्ता घाँसहरू अकोसे भएकाले यिनीहरूमा आवश्यक मात्रामा प्रोटिन तथा अन्य पोषकतत्व केही मात्रामा कम हुन्छ । सबै भन्दा उत्तम पशुपन्छी आहारा उग्र्याउने पशुहरूका लागि हरियो पोषिलो कोसे र अकोसे घाँसको मिश्रण र साधारण पेटहुनेहरूका लागि सन्तुलित आहारा हो । तर हरियो पोषिलो घाँसको उत्पादन न्यून मात्रामा हुने र सन्तुलित दाना तथा अन्नजन्य उपपदार्थ तुलनात्मक रूपमा महँगो हुने भएकोले आर्थिकरूपमा त्यति किफायती मानिन्नन् । त्यसैले नेपालको सन्दर्भमा पशुआहारा कमी पुरा गर्न तथा पशुआहारा सुरक्षाका लागि निम्न बुँदाहरूमा सुधार ल्याउनुपर्छ क) घाँसेबाली खेतीको विस्तार, ख) चरन क्षेत्रको उत्पादकत्वमा सुधार, ग) सामुदायिक बन तथा एलानी पत्र्ती जग्गामा घाँस तथा कृषि बन प्रणालीको विस्तार, घ) कृषिजन्य उपपदार्थको पौष्टिकतामा सुधार गरी समुचित उपभोग, ङ) घाँस संरक्षण, च) घाँसेबाली तथा दानाको उत्पादन र वितरण छ) उन्नत बढी उत्पादन दिने पशुहरूको पालनपोषण आदिमा विशेष ध्यान दिनुपर्दछ