Tuesday, 21 July 2020

अनुपयोगी बहरहरूको व्यवस्थापन, रामेश्वरसिंह पाण्डे, गोरखापत्र २०७६ फागुन ३


अनुपयोगी बहरहरूको व्यवस्थापन,
रामेश्वरसिंह पाण्डे
गोरखापत्र २०७६ फागुन ३, 2020 Feb 15

अनुपयोगी बहरहरूको व्यवस्थापन




गोरखापत्र अनलाइन   फाल्गुन ३, २०७६ शनिबार

रामेश्वरसिंह पाण्डे
बूढी, दूध दिएर थाकेका रोगी गाईहरू तथा कृषि कार्यमा अनुपयुक्त बहर तथा गोरु अनुत्पादक मानिन्छन् नेपालको कानुन तथा धार्मिक मान्यताअनुसार गाई–गोरुको वध गर्न वा निकासी गर्न पाइन्न यस्तो अवस्थामा पशुपालकले दूध नदिने गाई वा काममा प्रयोग नहुने गोरुका लागि पनि बाँचुन्जेल चरिचरन, आहारा पानी, गोठको व्यवस्थापन तथा रोगव्याधी लागेमा औषधि उपचार गर्नुपर्ने हुन्छ तर थारो तथा अनुपयोगी बहरहरू मुख्यतः दूध तथा कृषिजन्य शक्तिको उत्पादनका लागि उपयुक्त नहुने भएकाले यस्ता गाईगोरुलाई अनुत्पादक पशुका रूपमा लिइन्छ आफ्नो जीवनकालको उत्पदनशील अवस्थामा गाईले दूध तथा बहरलाई गोरु बनाएर हलोमा, गाडा तान्न वा अन्य कार्यमा प्रयोग गरिन्छ भने केहीलाई साँढे बनाएर गाईलाई बाली लगाउनसमेत उपयोग गरिन्छ यसैले हिन्दु मान्यताअनुसार गाईलाई माता गोरु गोवर्धनका रूपमा पुजिन्छ
नेपालमा पालिने पशुमा गाईगोरु, भैँसीराङ्गा, भेडाबाख्रा, याकचौँरी, घोडा खच्चड, सुँगुर–बङ्गुर आदि पालिन्छन् यी पशुमध्ये गाईगोरुबाहेक सबै पशुहरू जीवनपर्यन्त कुनै कुनै किसिमले मानिसका लागि उपयोगी हुन्छन्
नेपालमा कृषि तथा पशु विकास मन्त्रालय २०१७ को तथ्याङ्कअनुसार हाल ६४ लाख गाईगोरुमध्ये ५८ प्रतिशत (३७ लाख) बहर वा गोरु र बाँकी बाच्छी वा गाई छन् कुल बाच्छी वा गाईको सङ्ख्याको केवल १५ प्रतिशत (१० लाख) मात्र दूध दिने अवस्थाका, १४ प्रतिशत (नौ लाख) तीन वर्षमुनिका बाच्छी र बाँकी १३ प्रतिशत (आठ लाख, ५६ हजार) थारो गाई छन् कुल बहर ा गोरुमध्ये करिब २० प्रतिशत मात्र कृषि वा गर्भाधानका लागि प्रयोग गरिन्छन् बाँकी ३० लाख बहर र गोरु अनुत्पादक पशु हुन् अर्को तीन लाख गाई बूढी थारो अवस्थाका छन्
नेपालमा पालिने गाईमध्ये धेरै रैथाने जातका र केवल १३ प्रतिशत मात्र बढी दूध दिने विदेशी जर्सी तथा होल्स्टन जातका गाई छन् एउटा गाईगोरुको औसत आयु १५–२० वर्षको हुन्छ तीन वर्षको उमेरमा एउटा बाच्छीले पहिलोपटक बच्चा जन्माएर करिब १२ वर्षको उमेरसम्ममा सात–आठवटा बाच्छाबाच्छी जन्माउँछ बच्चालाई हुर्काउन पोषणका लागि गाईले करिब १० महिना जति दूध दिन्छ बच्चा दिन थाकेपछि गाईले दूध दिन पनि छाड्छ तर आहाराको व्यवस्था बाँचुन्जेल गर्नुपर्ने भएकाले कृषकका लागि आर्थिक बोझका रूपमा लिइन्छ त्यस्तै कृषि वा प्रजननका लागि प्रयोग हुने बाहेक अन्य दूध छुटाएपछिका बाच्छो वा कृषिकार्यमा प्रयोग नहुने गोरु कृषकका लागि आर्थिक भारका रूपमा हुन्छन्
हाल विदेशी जातका जुरो नभएका गाईको व्यावसायिक पालन, कृत्रिम गर्भाधान र कृषिमा यान्त्रिकरणको प्रयोग बढ्दै गएको हुँदा बहरको उपयोगिता कम हुँदैगएको छ हाल नेपालमा करिब ३३ लाख गाईगोरु अनुत्पादक अवस्थामा छन् यी अनुत्पादक पशुको लालनपालमा हुने आर्थिक भार तथा श्रमबाट बच्न कृषकले दूध छुटाएका बाच्छा तथा बहर, बूढी गाईलाई निर्दयीपूर्वक गोठबाट धपाएर छाडा छाडिदिन्छन यद्यपि यसरी छाडा छाड्नु गैरकानुनी हो यी छाडा गाईगोरु बहरहरू बाटोमा हिँड्ने, पसल, होटल तथा घरबारीका फलफूल, बिरुवा खाने आदिले गर्दा सडक दुर्घटना तथा बालीनालीको ठूलो क्षति हुने गर्दछ
छाडा पशुको नियन्त्रण तथा दुरुत्साहन गर्न सरकारी निकाय तथा सम्बन्धित नगरपालिकाले समातेर काञ्जीहाउसमा राख्ने, बिगो तिराउने प्रावधान पनि छ तर पनि ठूलो सङ्ख्यामा यस्ता छाडा पशु बाटोघाटो, सडक, चौर, फोहोर फाल्ने स्थान आदिमा देख्न सकिन्छ
छाडा गाईबस्तुका लागि सम्बन्धित नगरपालिकाले काञ्जीहाउस बनाएका हुन्छन् जहाँ बेवारिसे पशु चौपायालाई थुनेर राखिन्छ कतै कतै सामाजिक सङ्घसंस्थाले गौशाला पनि बनाइदिएका छन् तर यी काञ्जीहाउस तथा गौशालामा स्रोतसाधनको कमी भएको ुँदा समुचित आहारा, पानी, गोठघरमा स्थान तथा बिरामी पशुको औषधोपचारका लागि समुचित सुविधा उपलब्ध हुनसकेको छैन
गाईगोरुप्रति धार्मिक आस्था, विद्यमान ऐननियम तथा पशुजन्य अधिकारको संरक्षणका लागि पनि गाईको बुढेसकाल तथा बहरको बेकारीको अवस्थामा पनि बाँच्न पाउने अधिकारको सुनिश्चितताको रक्षा गर्दै न्यूनतम सुविधिा उपलब्ध गराई हेरविचार तथा आहारपानीको व्यवस्था गरिनुपर्छ छाडा तथा बेवारिसे अवस्थामा छाड्नु हुन्न तर धेरैजसो नगर क्षेत्रका वरिपरि सञ्चालनमा रहेका व्यावसायिक गाई फार्मले दूध छुटाएका बाच्छा बूढी तथा थारो गाईलाई गोठबाट धपाई छाडा छाडिदिन्छन् केही वर्षको तथ्याङ्कअनुसार काठमाडौँ महानगरपालिकाले बाह्र सय छाडा गाईलाई सडकबाट समाएर लिलाम गरेको थियो अन्य नगरपालिकाले पनि समय समयमा यस्ता छाडा गाईगोरुको समस्याबाट मुक्ति पाउन लिलामका साथै अन्य उपायको अवलम्बन गरिरहेका छन्
एक अध्ययनले यस्ता बेसहारा अनुत्पादक गाई बहरलाई गोबर, गहँुत तथा मरेपछि पाइने हाडछालाबाट पनि आर्थिक रूपमा मनग्य फाइदा लिन सकिने तथ्याङ्क देखिएको छ गाईको गोबर तथा गहुँत बालीनालीका लागि आवश्यक पोषण प्रदान गर्ने २४ भन्दा बढी थरिका पोषकतत्वहरू पाइन्छन् जसमा नाइट्रोजन, फस्फोरस र पोटास मुख्य हुन् गोबरबाट बायोग्यास बनाएर खाना पकाउने इन्धन घरायसी उपकरण प्रयोगका लागि ऊर्जाको आवश्यकता पूरा गरिरहेको नेपालमा १५ लाखभन्दा बढी गोबरग्यास प्लान्ट स्थापना गर्न सकिने सम्भावना रहेको हाल करिब सवा लाख गोबरग्यास ्लान्ट स्थापना भएका छन्
गाईको सुक्खा गोबरमा तीन प्रतिशत नाइट्रोजन, दुई प्रतिशत फस्फोरस र एक प्रतिशत पोटास पाइन्छ यदि गाईभैँसीबाट उत्पादन हुने गोबर तथा गहुँतलाई मलका रूपमा राम्ररी सदुपयोग गर्ने हो भने नेपालमा रासायनिक मलको आवश्यकता हुँदैन उदाहरणका लागि एक वयस्क गाईले वर्ष दिनमा पाँच हजार ४७५ किलो गोबर र एक हजार ४६० लिटर गहुँत दिन्छ जसबाट तीन हजार किलो नाइट्रोजन अर्थात् हजार ५०० किलो युरिया बराबरको रासायनिक मल उत्पादन हुन्छ जसको हालको बजार मूल्य करिब एक लाख रुपियाँको हुन्छ यसरी एउटा थारो गाई वा बहरले वर्ष दिनमा दिने गोबर र गहुँतको मूल्य हिसाब गर्ने हो भने करिब एक लाख बराबर हुनजान्छ
यसरी गोबर र गहुँतका लागि पनि यस्ता छाडा अनुत्पादक गाई तथा बहरपालन गरेमा पनि यस्तो व्यवसायबाट राम्रो आर्जन गर्न सकिन्छ उदाहरणका लागि छाडा गाई बहरलाई बढीमा पाँच हजार गोटाको दरले खरिद गर्न सकिन्छ यस्ता दूध नदिने गाई बहरलाई पराल केही हरियो घाँस खान दिएर पालेमा वर्ष दिनमा बढीमा चालीस हजारभन्दा बढी खर्च हुन्न अन्य खर्च थप पाँच हजार परे पनि यस्ता छाडा गाइगोरुबाट वर्ष दिनमा पचास हजार प्रतिगाईगोरु बचत गर्न सकिन्छ यदि रैथाने जातका गाईको गहुँत सङ्कलन गरी गौमूत्रको रूपमा धार्मिक तथा औषधिका रूपमा बजारीकरण गर्ने हो भने आन्तरिक बजारका साथै निर्यात पनि गर्न सकिन्छ हाल भारतमा केही व्यवसायीले गौमूत्र तथा गोबरको गुइँठा धार्मिक कार्यका लागि अमेरिका तथा युरोपमा निर्यात गरिरहेका छन्
छाडा तथा अनुत्पादक गाईगोरुको व्यवस्थापनको अर्को विकल्प छाडा गाईगोरुका लागि सामुदायिक वन वा ऐलानी जग्गामा बहुवर्षीय घाँस लगाएर प्राकृतिक आरक्षणको व्यवस्था गर्न सकिन्छ जहाँ यी पशु बाँचुन्जेल स्वछन्द रूपमा जीवनयापन गर्न पाउँछन् बूढा थारा गाई तथा काम नगर्ने बहर गोरु कृषकका लागि आर्थिक भार मात्र हुन् सरकारी तथा गैरसरकारी निकाय तथा सामाजिक सङ्घसंस्थाका साथै निजीस्तरका व्यवसायीले प्रत्येक नगरपालिकामा कम्तीमा एक गौशाला स्थापना गरी गोबर गहुँतको प्राङ्गारिक मल कारखाना, बायोग्यास प्लान्ट वा गौमूत्र, गुइँठा प्रशोधन कारखाना स्थापना गरी आर्थिक लाभ लिन सकिन्छ
(लेखक पशु विकास तथा आहाराविज्ञ हुनुहुन्छ)

Saturday, 15 February 2020

पशु आहारा सुरक्षा, रामेश्वर सिंह पाण्डे, गोरखापत्र माघ ११, २०७६ शनिबार


पशु आहारा सुरक्षा
रामेश्वर सिंह पाण्डे

https://gorkhapatraonline.com/opinion/2020-01-25-7616; गोरखापत्र माघ ११, २०७६ शनिबार

परंपरागत तरिकाले दुईचार वटा सानाठूला पशुपन्छीपालन गरेर जीवन निर्वाह गर्ने नेपाली कृषकहरू हाल व्यावसायिक पशुपन्छीपालन तर्फ आकर्षित हुँदै गएका छन् र हाल पशुपन्छी जन्य पदार्थको घरेलु उत्पादन र पशुपन्छीहरूको उत्पादकत्व पनि बढिरहेकोले पशुपन्छीजन्य उत्पादनमा देश आत्मनिर्भरतातिर उन्मुख बन्दै गएको छ । तर, पशुआहाराको रूपमा प्रयोग हुने घाँसस्याउला, दाना तथा अन्य पोषकपदार्थको आवश्यकता अनुसार आपुत्र्ती हुन नसकिएकोले पशुपक्षीपालन व्यवयायबाट आशातित लाभ लिन सकिएको छैन ।
गाउँघर तिर पशुहरूलाई चराएर तथा मानव भोजनमा प्रयोग नहुने कृषिजन्य उपपदार्थ जस्तै पराल, ढुटो, चोकर, पीना आदि खान दिएर पालिन्छ । यस्तो अवस्थामा पशुहरूले आवश्यक पोषण पाइरहेका हुँदैनन् । जसले गर्दा नेपालमा पालिने अधिकांश पशुपन्छीहरू अर्धभुकमरीको अवस्थामा छन् र तिनीहरूबाट क्षमता अनसारको उत्पादन लिन सकिएको छैन । उदाहरणका लागि हामीले पालिआएका गाईहरूको औसत दूध उत्पादन प्रति वर्ष÷ प्रति गाईको ६४६ लिटर भन्दा कम रहेको छ भनें विकसित देशहरूमा एउटा औसत गाईले वर्षमा ३००० लिटर दूध÷वर्ष÷गाई दिन्छन् । नेपालमा औसत दूध उत्पादन कम हुनुका मुख्य कारणहरूमा असल, पोषणयुक्त आहाराको कमी तथा कम दूध उत्पादन क्षमता भएका पशुहरूले गर्दा हो ।
हाल नेपालमा गाईगोरु ६४ लाख, भैसीराँगा ३१ लख, खसीबाख्रा १करोड १२ लाख,  भेडा ६ लाख बँगुर १३ लाख रहेको अनुमान छ ।  जसबाट २० लाख, ५ हजार मेटन दुध, ३ लाख ५३ हजार टन मासु उत्पादन हुने गर्दछ ।
 तर यी पशुहरूा लागि प्रयाप्त मात्रामा पोषिलो आहारा उपलब्ध छैन । हाल नेपालमा पशु आहाको पमा कृषिजन्य उपपदार्थ जस्तै पराल, मकैको ठोंड, नल तथा अन्नजन्य उपपदार्थ ढुटो, चोकर, पीना (दाना), प्राकृतिक घाँस, स्याउला, चरिचरन, खेती गरिने घाँस गरि जम्मा २ करोड ४५ लाख मेटन सुखा आहारा उपलब्ध छ तर विभिन्न पशुहरूा लागि वर्षेनी  २करोड ७६ लाख मेटन सुखा आहारा चाहिन्छ । यसरी मागको तुलनामा पशुआहाराको आपुत्र्ती करिब १३ प्रतिशतले कम रहेको देखिन्छ । तर उपलब्ध पशु आहाराको ७३% भाग पराल, गहँुको छ्वाली, मकैको ढोंड, नल आदिको रहेकोले पोषिलो आहारको उपलब्धता अती न्युनमात्रामा रहेको पाइन्छ । पशुआहाराको माग तथा आपुत्र्तीका लागि परालजन्य आहारा पनि समावेस गरिएकोले कमिको तुलनात्मक प्रतिशत कम देखिएको हो । मागको तुलनामा परालजन्य आहाराको उत्पादन ४७%ले बढी देखिन्छ तर दाना र हरियो घाँसको उत्पादन मागको तुलनामा क्रमशः  १९% र २२५%ले कम रहेको छ । यसरी पशुआहाराको रूपमा पोषणविहिन पराल आदिको आपुत्र्ती बढी र हरियो घाँस र दानाको उत्पादन कम भएकोले धेरैजसो पशुहरूकुपोषणले ग्रस्त तथा अर्धभुकमरीको अवस्थामा रहेका छन्  । यसरी पशु पोषणको स्थिति निकै भयावह रहेको पाइन्छ ।
मानिसले जस्तै पशुपन्छीहरूको पनि उचित पोषण तथा आहारामा सरल पहुँच तथा उपलब्धताको प्रत्याभूत हुनुपर्दछ । यसरी पशुपन्छी आहारा सुरक्षा (ँयममभच क्भअगचष्तथ) भन्नाले “सबै पशुपन्छीहरूको उत्पादन र उत्पादकत्व कायम राख्नका लागि हरबखत पोषणयुक्त उचित पशुआहाराको उपलब्धता र पहुँच हुने अवस्थालाई पशु आहारा सुरक्षा” भन्न सकिन्छ” ।
पशु आहारा सुरक्षा नेपालका लागि नयाँ अवधारणा हो । “अजिङ्गरको आहारा दैव” ले पु¥याउँछ भन्ने मान्यता रहेको हाम्रो परिवेषमा बस्तुभाउहरू चरीचरन तथा पराल आदिको भरमा बाँच्छन् र उत्पादन दिन्छन् भन्ने सोंचाइ रहेको पाइन्छ । तर हालै पशुपन्छीपालनले व्यावसायिक रूप लिएपछि बस्तुभाउलाई पनि पोषिलो तथा उचित आहारापानीको आवश्यकता पर्छ भन्ने मान्यताको विकास हुँदै गएको छ ।
नेपालको पारिवारिक आयस्रोत र रहनसहनमा विकास भएसँगै पशुजन्य पदार्थको माग पनि बढिरहेको छ । यसका लागि विदेशी जातका बढी उत्पादनशील पशुपन्छिहरूपालन पनि लोकप्रिय बन्दै गएको छ । यी बढी उत्पादन क्षमताका पशुपन्छिहरूलाई उचित तथा सन्तुलित आहाराको व्यवस्थापन गर्नु जरुरी हुन्छ । तर नेपालमा पोषिलो उन्नत जातका घाँसखेती तथा सन्तुलित दानाको विकास तथा विस्तार प्रारम्भिक अवस्थामा रहेकोले सबै पशुपन्छीहरूले उचित पोषणयुक्त आहारा उपलब्ध हुन सकिरहेको छैन । मानिसहरूको खाद्य सुरक्षाको प्रत्याभुती सरकारबाट भए झैं, पशङ्गपन्छीहरूका लागि पनि पशु आहारा सुरक्षाको सुनिश्चितता हुनु आवश्यक छ । नेपालमा पशुपन्छीको क्षेत्रमा विभिन्न नीति, नियम तथा कार्यक्रमहरू बनेको भएतापनि पशु आहारा सुरक्षाका लागि कुनै खास नीति तथा कार्यक्रम बन्न सकेको छैन ।
पशुपन्छी पालनको विकास, प्रवर्धन तथा उत्पादन र उत्पादकत्वको दीगोपनको लागि पशुआहारा सुरक्षा अति आवश्यक पक्ष हो । विशेषतः पशु आहारा तथा दानाको बढ्दो मूल्यले गर्दा पशुपन्छीजन्य उत्पादनको लागत बढिरहेको छ जसले गर्दा बजारप्रतिस्पर्धी पशुपन्छीजन्य उत्पादन कायम राख्नु नेपाली व्यवसायीहरूका लागि एक ठूलो चुनौती बनेको छ । 
हालको परिपेक्षमा मागको तुलनामा पशुपन्छीको पोषक आहाराको उपलब्धतामा निक्कै कमरहेको छ । यसैले हालको पशुपन्छिहरूको उत्पादकत्व कायम राख्न र बढदो पशुपन्छीजन्य पदार्थको माग पुरा गर्न सर्बप्रथम सबै पशुपन्छीहरूका लागि पोषिलो आहाराको सुनिश्चितता हुनु पर्दछ । यसका लागि पशु आहाराका हालका उपलब्ध स्रोतसाधनको उत्पादकत्व वृद्धि गर्नु, हाल प्रयोगमा नआएका स्रोतको दोहन÷उपयोग, घाँसखेतीको विस्तार वा आयातित आहाराबाट पोषणयुक्त आहाराको माग पुरा गर्नु पर्ने हुन्छ ।
पशुआहारा सुरक्षाको मुख्य उद्देश्य पशुपन्छीहरूबाट अधिकतम् लाभलिन पशुपन्छी आहाराको उत्पादन तथा उपल्धताको सुनिश्चितता गरी कम लागतमा पशुपन्छीको उत्पादकत्वलाई कायम राख्नुरहेको हो ।
नेपालका प्रमुख आहाराका स्रोतहरूमा बालीजन्य उपपदार्थ (पराल, ढोंड, नल, आदि), अन्नजन्य उपपदार्थ (ढुटो, चोकर, पीना आदि), प्राकृतिक घाँसपात स्याउला, चरिचरन, खेती गरिने घाँसबालीहरू तथा प्राणीजन्य पदार्थ हुन् । पराल, नल, ढोंडमा पोषकतत्व नगन्यमात्रामा हुने भएकोले यिनीहरूले पशुहरूको पेट भर्ने काम मात्र गर्दछन् । प्राकृतिक घाँस, स्याउलाहरू पशु आहारका राम्रा स्रोत हुन् तर धेरैजसो यस्ता घाँसहरू अकोसे भएकाले यिनीहरूमा आवश्यक मात्रामा प्रोटिन तथा अन्य पोषकतत्व केही मात्रामा कम हुन्छ । सबै भन्दा उत्तम पशुपन्छी आहारा उग्र्याउने पशुहरूका लागि हरियो पोषिलो कोसे र अकोसे घाँसको मिश्रण र साधारण पेटहुनेहरूका लागि सन्तुलित आहारा हो । तर हरियो पोषिलो घाँसको उत्पादन न्यून मात्रामा हुने र सन्तुलित दाना तथा अन्नजन्य उपपदार्थ तुलनात्मक रूपमा महँगो हुने भएकोले आर्थिकरूपमा त्यति किफायती मानिन्नन् । त्यसैले नेपालको सन्दर्भमा पशुआहारा कमी पुरा गर्न तथा पशुआहारा सुरक्षाका लागि निम्न बुँदाहरूमा सुधार ल्याउनुपर्छ क) घाँसेबाली खेतीको विस्तार, ख) चरन क्षेत्रको उत्पादकत्वमा सुधार, ग) सामुदायिक बन तथा एलानी पत्र्ती जग्गामा घाँस तथा कृषि बन प्रणालीको विस्तार, घ) कृषिजन्य उपपदार्थको पौष्टिकतामा सुधार गरी समुचित उपभोग, ङ) घाँस संरक्षण, च) घाँसेबाली तथा दानाको उत्पादन र वितरण छ) उन्नत बढी उत्पादन दिने पशुहरूको पालनपोषण आदिमा विशेष ध्यान दिनुपर्दछ